
जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आजै केन्द्रीय समितिको छुट्टै विस्तारित बैठक बोलाएका छन् ।

जडीबुटीस्थित एक पार्टी प्यालेसमा सुरु हुन लागेको बैठकमा नेताहरू पुग्नेक्रम जारी छ । निवर्तमान कृषिमन्त्री महिन्द्रराय यादव पनि बाबुराम पक्षको बैठकमा पुगेका छन् ।
आजको बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । सो प्रतिवेदनमाथि समूहगत छलफल हुने एजेन्डा तय भएको छ । आजै समूह विभाजन गरेर बैठक स्थगन हुने तयारी रहेको एक नेताले बताए ।
दोस्रो दिन राजनीतिक प्रतिवेदन माथिको छलफल टिम लिडरले प्रस्तुत गर्ने र आवश्यक परिमार्जनसहित पारित हुने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष उपेन्द्र यादवले बुधबार र बिहीबारका लागि केन्द्र्रीय समितिको बैठक बोलाएका छन् । छुट्टाछुट्टै बैठक बोलाएसँगै जसपा आन्तरिकरूपमा विभाजन भएको छ ।


