• शुक्रबार, साउन १५ २०८३

ट्रष्टबाट सरकारले फिर्ता गरेको बजेट विकास निर्माणमा खर्चिन साँसद गुरुङको माग


मंगलबार, असार २८ २०७९
975
Shares

गोरखा । मन्त्री र साँसद निकट ब्यक्तिकाे नाममा रहेकाे ट्रष्टलाई विनियाेजित बजेट फिर्ता गर्ने गण्डकी प्रदेश सरकारकाे निर्णयकाे सम्मान गर्दै साे बजेट विकास निर्माणमा खर्चन साँसद मनकुमारी गुरुङले माग गरेकी छिन् ।

गण्डकी प्रदेश सभामा बाेल्दै साँसद गुरुङले ट्रष्टका नाममा छुट्याइएकाे बजेट फिर्ता गरेर गोरखा लगायत विकट जिल्लाकाे विकास निर्माणमा खर्च गर्न माग गरेकी हुन् ।

मन्त्री र साँसदहरुले आफ्नाे परिवार र निकट ब्यक्तीकाे नाममा रहेकाे ट्रष्टलाई बजेट विनियाेजन गर्नु लज्जाकाे बिषयक बनेकाे बताउदै उनले तत्काल साे रकम विकास निर्माणका कार्यक्रमका लागि विनियाेजित गर्नुपर्ने तर्क गरिन् ।

गण्डकी प्रदेश सभामा अर्थ, भाैतिक, कृषि, युवा तथा खेलकुद गरी ४ मन्त्रालयकाे बजेट माथी भएकाे छलफलमा भाग लिदै साँसद गुरुङले गोरखाकाे धार्चे, अजिरकाेट गाउँपालिकाका बिभिन्न क्षेत्रमा पुग्न सहज सडक सञ्जाल नभएकाले आवस्यक बजेट छुट्याउन समेत माग गरेकी छिन ।

साथै उनले कृषकलाई निर्व्याजी ऋृणकाे ब्यवस्था गर्न माग गरेकी छिन् । गोरखा जिल्लाकाे युवा र खेलकुद क्षेत्रकाे विकासलाई बजेटले उपेक्षा गरेकाे भन्दै साँसद गुरुङ्गले आवस्यक बजेटकाे ब्यवस्था गर्न माग समेत गरिन् ।

संसदमा बाेल्दै उनले बजेटमा भएका त्रुटिहरु सच्चिएर आएकाले समर्थन जनाएर विकास निर्माणका सवालमा एक हुन समेत आग्रह गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार