• शुक्रबार, साउन १५ २०८३

गण्डकीको मुख्यमन्त्री, मन्त्री र सांसदका लागि गोरखामा एक रुपैया संकलन अभियान


सोमबार, असार २७ २०७९
1K
Shares

गाेरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रष्टका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गोरखाले पनि एक रुपैयाँ दान अभियान चलाएको छ।

अनेरास्ववियु गोरखाले आइतबार देखि गोरखाको हरमटारी चोकमा एक रुपैयाँ दान अभियान चलाएको हो। गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री, मन्त्री सांसद र नेताको पारिवारिक ट्रष्ट र फाण्डेशनका लागि बजेट विनियोजन गरेका विरोध स्वरुप अभियान सुरु गरिएको अनेरास्ववीयू गोरखाका संयोजक प्रताप ढकालले बताए ।

जनताबाट उठाएको करको दुरुपयोग नगरियोस भनेर विरोध स्वरुप रु एक रुपैया संकलन अभियान सुरु गरिएको एमालेका जिल्ला कमिटी सचिवालयका सदस्य सुमन श्रेष्ठले बताए ।

नेकपा एमाले गोरखा जिल्ला कमिटी सचिवालय सदस्य सुमन श्रेष्ठ, अनेरास्वविय जिल्ला सह–संयोजक सुरज श्रेष्ठ, राष्ट्रिय युवा संघ गोरखा नगरपालिका संयोजक लक्ष्मण श्रेष्ठ लगायतका नेताहरु अभियानमा सहभागी थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरुका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट बिनियोजन गरेको पाइएपछि जनस्तरमा चर्को विरोध भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार