Islamic new year pattern background
मोहम्मद रफि
इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना ‘जिलहिज्जा’ को चाद देखिए पछी १० औ दिनमा इस्लाम धर्मालम्बीहरुले मनाउने पर्वलाई अरबी भाषामा ‘इद उल अदहा’ भनिन्छ । यसै पर्वलाई उर्दुमा बकर इद र सामान्य सबैले बुझ्ने भासामा कुर्बानी अर्थात अल्लाहकाे नाममा बली समेत भन्ने गरिन्छ ।
यो पर्व इद उल फित्र पछीको दोस्रो महान पर्व हो भने यसका आफ्नै बिशेषता र महत्वहरु छन् । यो पर्व मुस्लिम समुदायमा बडो हर्सोउल्लास खुसियालीको माहोलको साथमा मनाउने गरिन्छ । यो पर्ब सामान्यता तीन दिनसम्म मनाउने गरिन्छ । इदका दिन एक आपसमा आफ्ना इस्टमित्र आफन्तहरु बिच आशीर्वाद स्नेह माया तथा खुसियालिको साथमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यस बर्ष नेपाली पात्रो अनुसार असारको २६ गते बकर इद परकाे छ ।

इस्लामिक धर्मग्रन्थ कुरान मजिदमा उल्लेख भएअनुसार अल्लाह ताअलाले आफ्ना दुत हजरत इब्राहिम अलैहिस्सलामसंग सपनामा कुर्बानी मागेको देखे पछी सुरुमा एउटा दुम्बा अर्थात भेडाको बलि दिएको र फेरि अर्को रात सपनामा बलि कै कुरा भएको देखे पछी दोस्रो दिन एक सय वटा उँटको कुर्बानी दिएका थिए । फेरि तेस्रो रात सपनामा अल्लाहको तर्फबाट उठ मेरो लागि तिम्रो सबै भन्दा प्यारो चिजलाई बलि कुर्बानी देउ भन्ने सन्देस प्राप्त गरे ।
त्यसपछि हजरत इब्राहिम अलैहिस्सलामले आफ्नो सुपुत्र हजरत इस्माइल अलैहिस्सलामको कुर्बानी दिने सोच गरि आफ्नो सुओउत्र हजरत इस्माइल अलैहिस्सलाम लाई कुर्बानी दिन तयार हुदा सुपुत्र इस्माइल अलैहिस्सलाम लाई घाँटी रेटि अल्लाहको लागि आफ्नो सम्पुर्ण खुसी त्याग गर्नसम्म पनि पछी न परेको हुदा अल्लाहले हजरत इब्राहिम अलैहिस्सलामको यो त्याग मन परेको हुदा हजरत इस्माइल अलैहिस्सलामको साटो जन्नत बाट दुम्बा अर्थात भेडा अवतरण गराइ भेडाको कुरबानी दिएको प्रमाण धर्मग्रन्थहरुमा पाइन्छ ।
यसै त्यागको सम्झनामा सम्मान स्वरुप बिश्व भरका मुस्लमान समुदायहरु प्रतेक बर्ष जुन मुसलमान मालिक ए निसाब जो सङ साढे ७ तोला सुन अथवा सढे ५२ तोला चादी वा सो बराबरको सम्पत्तिको मालिक छ भने त्यस्ता ब्यक्तीले कुरबानी दिनु अनिवार्य छ ।
बकर इद को दिन मुस्लिम समुदाय हरु बिहानै नुहाइ धुवाइ गरेर सफा कपडा लगाएर इदगाह अथवा मस्जिद मा गइनमाज पढी धर्म ग्रन्थ कुरान पढी अल्लाहको इबादत अर्थात प्राथर्ना गरि आ आफ्नो रोजाइ अनुसाररको पशु जस्तै रागो, भैंसी, बाख्रा, खसी, भेडामा कुर्बानी दिएर मनाउने गरिन्छ ।
सो कुरबानी दिएको गोस्त अर्थात मासुलाई तीन भाग मा बिभाजन गरिन्छ । पहिलो भाग आफ्नो परिवारको लागि दोस्रो भाग आफ्ना इस्टमित्र आफन्तको लागि र तेस्रो भाग गरिब, असहाय, अनाथहरुका लागि छुट्ट्याउने प्रचलन मुस्लिम समुदायमा छ ।
यस बकर इदको महिनामा पबित्र धार्मिक स्थल मक्का र मदिना शहरमा हज अर्थात तिर्थयात्रा गर्नजाने हरुको घुइचो लागेको हुन्छ । यस बर्ष पनि बिगतमा झै नेपालबाट नेपाली मुसलमानहरु हज गर्न साउदीकाेे मक्का र मदिना पुगेका छन ।
अन्त्यमा यस बकर इदको पावन अवसरमा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ इस्टमित्र लगाएत सम्पुर्ण मानव जगतमा इद मुवारक ।
लेखक तनहुँ आबुखैरेनी निवासी हुन् ।