अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने भएको छ।
करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो।
समितिमा एमालेका ४ सांसद, २–२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन्।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन्।
अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ।