• आइतबार, भाद्र २८ २०८३

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन


शुक्रबार, असार २४ २०७९
770
Shares

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार निधन भएको छ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे छातीमा गोली हानिएपछि ढलेका उनको उपचारका क्रममा कही बेरअघि निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पत्रकारको परिचय दिँदै आएका एक पुरुषले छातीमै ताकेर गोली हानेका थिए। 

गोली लागेपछि उनी ढले उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनलाई पछाडिबाट दुईपटक गोली लागेको थियो।

खैरो टी-सर्टमा आएका ४२ वर्षीय पुरुषले आबेमाथि गोली हानेका थिए। गोली प्रहार गरेलगत्तै सुरक्षाकर्मीले ती पुरुषलाई घटनास्थलमै समातेको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार