• शुक्रबार, साउन १५ २०८३

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा स्थगित


शुक्रबार, असार २४ २०७९
700
Shares

पोखरा । गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो ।

अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो ।

शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमालेले उठेर विरोध जनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार