गोरखा । नेकपा माओवादी केन्द्रको १५६ सदस्यीय पोलिटव्यूरोमा गोरखाका आठ जना मनोनित भएका छन् ।
बिहिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गरेका हुन् ।
प्रचण्डले प्रस्तुत गरेको सूचीमा गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, परशुराम रम्तेल, हरिराज अधिकारी, अमर तमु, चुडामणि खड्का, कृष्ण धिताल र लेखनाथ न्यौपाने परेका छन् ।


