• शुक्रबार, साउन १५ २०८३

जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको अडान


बुधबार, असार २२ २०७९
770
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने कुरामा सत्ता पक्ष तयार भए पनि आफूहरूको अडान शर्मा पदबाट हट्नुपर्ने रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

‘उहाँहरू छानबिन समिति बनाउन तयार हुनुभएको छ तर हाम्रो सर्त उहाँको बर्खास्ती र संसदीय छानबिन हो,’ भट्टराईले भने,‘शर्मा अर्थमन्त्री रहिरहने हो भने हाम्रो विरोध जारी रहन्छ।’

यसअघि आजै बिहान माओवादीले शर्माबारे प्रमुख प्रतिपक्षी एमालेसँग कुराकानी गर्ने निर्णय गरेको थियो। भट्टराईले एमाले र माओवादीबीच अहिलेसम्म कुरा नभएको बताए।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरूसँग सदस्यको नाम माग गरेका छन्।

बुधबार दिउँसो बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूलाई आफ्नो कार्यकक्षमा डाकेर संसदीय समिति गठन गर्न नाम मागेका हुन्।

‘सभामुखले दलका सचेतकसँग अनौपचारिक छलफल गरिराख्नुभएको छ,’ प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने,‘समिति बनाउने गृहकार्यका कारण बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सरेको हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार