• शुक्रबार, साउन १५ २०८३

रबि लामिछानेकाे २१ जनाकाे टिममा गोरखाका २ जना


शुक्रबार, असार १७ २०७९
1.8K
Shares

गोरखा । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति सहित २१ केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् । आज सार्वजनिक गरिएकाे संस्थापक केन्द्रिय सदस्यमा गोरखाका २ जना परेका छन् ।

जसमा कविन्द्र बुर्लाकाेटी र एलिजा गुरुङ्ग रहेका छन् । पालुङ्गटार नगरपालिका घर भएका बुर्लाकाेटी लामाे समय युवा अभियानमा लागेका अभियान्ता हुन भने धार्चे गाउँपालिकाकी गुरुङ २०१९ की मिस आदीवासी जनजाती हुन् ।

हेर्नुस अरु काे काे छन् सदस्य :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार