• शुक्रबार, साउन १५ २०८३

निर्वाचन आयोगले माग्यो विद्युतीय भोटिङ मेसिन 


बिहिबार, असार १६ २०७९
780
Shares

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगका लागि कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्का पठाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिवेदन निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको हो । 

“निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्मा पठाइएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, आयोगले स्वेदशमा निर्मित मेसिन उपलब्ध गराउन नसकेमा श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान मेसिन उपलब्ध गराउन पत्र पठाएको पनि विज्ञप्तिमा उल्लेख छ । 

यसअघि, आयोगले सञ्चार मन्त्रालयको सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेर विद्युतीय मेसिनको सम्भाव्यताबारे अध्ययन गरेको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार