• आइतबार, भाद्र २८ २०८३

आज काँग्रेस नेता कोइराला पक्षको बैठक बस्दै


बिहिबार, असार १६ २०७९
685
Shares

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरूको बैठक राख्दै छन्।

नियमित भेटघाटअन्तर्गत बैठक बोलाइएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्नेछ। प्रधानमन्त्रीसमेत रेहका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति कोइराला पक्ष असन्तुष्ट छ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशनलगायत विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको आरोप कोइराला पक्षले लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार