• आइतबार, भाद्र २८ २०८३

प्रशिक्षणका लागि राप्रपाले तोक्यो सातै प्रदेश संयोजक


सोमबार, असार १३ २०७९
770
Shares

राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ।

राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।

असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।

प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरी, बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार