• मंगलबार, कार्तिक ११ २०८३

आजदेखि एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक


सोमबार, असार १३ २०७९
885
Shares

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज सुरू हुने भएको छ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद बैठक बस्ने भएको हो।

यो बैठकमा सांगठानिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।

पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी छ।

कम्युनिष्ट आन्दोलनमा देखा परेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ।

परिषद बैठकका लागि करिब एक हजार पाँच सय जना सहभागी हुनेछन्। परिषद बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन्। परिषद बैठक मंगलबारसम्म चल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार