• आइतबार, भाद्र २८ २०८३

पर्यटनमन्त्री आलेले बुझाए माधव नेपाललाई राजीनामा पत्र


आइतबार, असार १२ २०७९
895
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

पार्टीले आलेसहित सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन्। आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन्।

आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजरभोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार