
गोरखा । भिमसेन थापा गाउँपालिकाद्धारा आगामी आर्थिक बर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शुक्रबार अध्यक्ष लोकप्रसाद बन्जराले दशौँ गाउँसभा मार्फत आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्राबिधिक शिक्षालयमा जोड दिएको छ । बिभिन्न बिद्यालय, कलेज, कार्यालयहरु बाट शिक्षा र सेवा दिदा प्राबिधिक बहुशिक्षालय नीति हुनेपर्ने अध्यक्ष बन्जराले बताए ।
आगामी बर्षका लागि पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक बिकास, उद्योग तथा पर्यटन, पशु विकास,युवा तथा खेलकुद, संस्कृती प्रबद्र्धन, सहकारी तथा अन्य बित्तिय क्षेत्र , बिपद व्यवस्थापन केन्द्र स्थापना, बन तथा बाताबरण, सूचना प्रबिधी तथा संचार, एक वडा एक घरबास (होमस्टे) कार्यक्रम, न्यायिक समिति, उर्जा खानेपानी, सरसफाई तथा सिंचाई, भवन तथन बिकास, पूर्वाधार बिकास, महिला बालबालिका किशोर किशारी जेष्ठ नागरिक तथा समाज कल्याण नीति लगायतका क्षेत्रको विकासको बिषयलाई जोड दिएको छ ।



पालिकाको सुसासनको निती तर्जुमा गरी लागु गर्ने , जेष्ठ नागरिक, बिपन्न तथा असाहय, गर्भवती तथा सुत्केरी महिलाहरुक।लाई निःशुल्क एम्बुलेन्स सेबा दिने, एक घर एक स्वयंसेवक हुने, सबै बिद्यालय, वडा, स्वास्थ्य संस्थामा बिद्युतिय हाजिरि हुनुपर्ने, बहुउपयोगी पुनजलिय (रिफिल ट्यांक निर्माण) गर्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ ।