• शुक्रबार, साउन १५ २०८३

पेट्रोलमा लगाइएको कर घटाउन शेखर कोइरालाको माग


शुक्रबार, असार १० २०७९
1.3K
Shares

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वाधारलगायत कर तत्कालका लागि नलिन सरकारसँग आग्रह गरेका छन्।

जनतालाई महँगीका बेला सरकारले राहत दिनुपर्ने उनको भनाइ छ।

‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर घटाउनुपर्छ,’ उनले आज ट्वीट गर्दै भनेका छन्।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य नघट्दासम्म पूर्वाधारलगायत विभिन्न शीर्षकका कर नलिन सरकारसँग आग्रह गरेका छन्। कोइरालाले प्रतिलिटर २६.६२ रूपैयाँ मूल्य नघट्दासम्म ती कर नलिने सरकारले निर्णय गर्नुपर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार