• शुक्रबार, साउन १५ २०८३

पालुङटारद्धारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


शुक्रबार, असार १० २०७९
850
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९ र २०८० को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

विहिबार पालुङटार नगरपालिकाको सभाहलमा नगरपालिकाको ११ औं नगरसभाको अबसरमा पालुङटार नगरपालिकाका नगर प्रमुखबिबश चिन्तनलेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रममा भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति हुनुपर्ने घोषणा गरिएको छ । नगरपालिका भित्रका सवै घरमा नगर पालिकाको तर्फबाट घर नम्बर सहितको धातुको स्टिकर वितरण गर्ने र आबश्यक न्यूनतम तथ्याङ्क वडामा र नगरपालिकामा राख्ने व्यवस्था घोषणा गरिएको छ ।

‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने नारा सहित प्रशासनिक एबं राजनैतिक क्षेत्रवाट हुने भ्रष्टचार, ढिला सुस्ती र पक्षपातलाई नियन्त्रण गरी सुशासन कायम गर्न आर्थिक पारदर्शिता, मितव्ययिता बनाउने तर्फ नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले दलित तथा अपांगता भएकाहरुलाई बिबिध बिषयमा सीपमुलक तालिमको ब्यबस्था गरि क्षमता अभिवृद्धि श्रमिकहरुको न्युनतम पारिश्रमिक पुर्नमुल्यांकन सहित निर्धारण गर्ने तथा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला आदिलाइ दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घर–घरमा उपलब्ध गराउने ब्यबस्था गर्ने घोषणा गरेको छ ।

विपद जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिका भित्रका सम्भावित जोखिमको नक्शाकंन गरि प्रभावकारी योजनाहरु निर्माण गरि प्राथमिकताको आधारमा संघीय र प्रदेश सरकारसंग योजना तथा कार्यक्रमहरु माग गरि कार्यान्वयन गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गर्ने, अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया एकमुस्ट्र उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घर घरमा निशुल्क स्वास्थ्य परीक्षण, उप–प्रमुखसँग सुत्केरी महिला तथा शिशु कार्यक्रम ३ हजार थप गरी ५ हजार रुपैया पु¥याउने घोषणा नगरपालिकाले गरेको छ । गर्भवती महिलाको लागि घर घरमा पुगी स्वास्थ्य परिक्षण गर्ने घोषणा नगरपालिकाले गरेको
छ ।

पूर्णपाठ

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzGpGdhFbJDJjtnVwMRtWTTQXTsx?projector=1&messagePartId=0.1

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार