• शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


शुक्रबार, असार १० २०७९
770
Shares

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ ।

स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि ९तस्रो संशोधन० विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ ।

यस्तो छ सम्भावित कार्यसूची

https://drive.google.com/file/d/1I0nRRmo7qkhkfoGYfTTd-S9ZapnEdBOL/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार