• शुक्रबार, साउन १५ २०८३

यातायात मजदुर संगठनले स्थापना दिवसमा बनायो जेब्रा क्रसिङ


बिहिबार, असार ९ २०७९
790
Shares

गोरखा । ४३ औं स्थापना दिवसको अवसरका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जेब्राक्रसकोे निर्माण गरेको छ ।

संगठनको जिल्ला कमिटी गोरखाले गोरखा–आबुँखैरेनी सडकखण्डमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।

संगठनको जिल्ला कमिटी गोरखाले सो सडकखण्डमा पर्ने कुन्दुर मावि दश किलो, सन्त जोसेफ स्कुल ११ किलो, रत्नराज्य मावि बिरेन्चोक, द्रव्यशाह बहुमुखी क्याम्पस र एघार किलो स्वास्थ्य चौकी रहेको क्षेत्रमा जेब्रा क्रसिङ बनाएको कमिटी जिल्ला अध्यक्ष शिव पोखरेलले बताए ।

४३ औं स्थापना दिवसको अवसरमा शैक्षिक संस्था र बजार क्षेत्रलाई लक्षित गरेर दश किलो बजार, बाह्र किलो बजार, पन्ध्र किलो, हरमटारी र जिसस चोकमा पनि जेब्रा क्रसिङ बनाएको पोखरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार