sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा जनाइएको छ।


