• शुक्रबार, साउन १५ २०८३

नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन


बुधबार, असार ८ २०७९
2.3K
Shares

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्।

लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नगर्न निवेदन दिएका हुन्।

‘दुइटा निवेदन आएका छन्। आयोगले पार्टी दर्ताको निवेदन र यी निवेदन सँगै राखेर प्रक्रिया अघि बढाउँछ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

स्वतन्त्र उम्मेदवारी अभियानमा संयोजक डम्बर साहु एउटा निवेदन दिएका छन् भने काभ्रेका मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको प्रवक्ता शर्माले जानकारी दिए।

उनीहरूले स्वतन्त्र शब्दको आफ्नै महत्व भएको र आफूहरू स्वतन्त्र उम्मेदवारी दिने अभियानमा रहेकाले कुनै पार्टीको नाममा स्वतन्त्र हुन नहुने तर्क गरेका छन्। आयोगले दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानुनी व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार