• शुक्रबार, साउन १५ २०८३

सत्ता गठबन्धनको बैठक बस्दै , यी विषयमा हुनेछ छलफल


बुधबार, असार ८ २०७९
760
Shares

सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् ।

बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन । बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो ।

साथै उनले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको छ । यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार