• शुक्रबार, साउन १५ २०८३

यस्ता छन् रवि लामिछानेको पार्टीका सात विशेषता


मंगलबार, असार ७ २०७९
570
Shares

राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् ।

मंगलबार आयोजित घोषणा सभामा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

यस्ता छन् सात व्यवस्था :

  • प्राइमेरी निर्वाचन हुने
  • युवालाई ५० प्रतिशत एकको व्यवस्था
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
  • राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
  • डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
  • परिवारवादलाई पूर्ण रूपमा निषेध
  • भ्रातृसंगठन र कार्यकर्तारहित​

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार