• शुक्रबार, साउन १५ २०८३

मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिने अनेरास्वियू (क्रान्तिकारी)को चेतावनी


मंगलबार, असार ७ २०७९
680
Shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिने चेतावनी दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दैै पूर्ण रुपमा भन्सार छुट गर्दै मूल्यवृद्धिको खारेज गर्न आग्रह गरेको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले सर्वसाधारणका जीवनप्रति वेवास्ता गरेर भयावह अवस्थाको सिर्जना गराएको आरोप लगाएको छ।

साथै मुल्य वृद्धिले क्रान्तिकारी विद्यार्थीको ध्यानाकर्षण भएको बताएको छ। ‘बहुसंख्यक नागरिकको आय अति कम भएको हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमले अन्तराष्ट्रिय  मूल्यवृद्धिको हवाला दिएर बेलगाम रुपमा मुल्यवृद्धि गर्ने हो भने सरकार के का लागी हो  ? राज्य आफ्ना नागरिक प्रतिको भूमिका र दायित्वबाट पन्छिँदै किन भागिरहेको छ?’ विज्ञप्तिमा भनिएको छ । 

घाटामा गएको निगमले निगम भित्र नियुक्ति र रोजगारी सधैँ आकर्षक हुने पेट्रोल पम्प निरन्तर नाफाको व्यवसाय बनिरहने र कर्मचारीहरु बोनस खाने तर निगम सधैँ घाटामा हुने कसरी हो?  भन्ने सरकारलाई पश्न समेत गरेको छ। 

पेट्रोलियम खरिद बिक्री सहितको सबै हिसाब आम नागरिकले बुझ्ने गरी सार्वजनिक नगरे आफूहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छ । साथै अहिलेको संकटको अवधिमा पेट्रोलियम आयातलाई शत प्रतिशत भन्सार छुट गरेर पनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन अखिल ( क्रान्तिकारी ) ले माग गरेको छ । 

आयल निगमभित्र भएका भ्रष्टाचार ,चुहावट,  अनियमितता अन्त्य गर्न तथा सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अन्य बैकल्पिक उपायको खोजी नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार