• आइतबार, भाद्र २८ २०८३

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी


मंगलबार, असार ७ २०७९
875
Shares

पत्रकारिता छोडेर रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्। अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार