गोरखा । सतिपिपल क्लवको पाचौँ साधारण सभा तथा दोस्रो अधिवेशनले प्रविन बस्नेतलाई अध्यक्षमा चयन गरेकाे छ । शनिबार सम्पन्न अधिवेशनले बस्नेतकाे नेतृत्वमा क्लबकाे कार्यसमिती सर्वसम्मत चयन गरेकाे हाे ।
क्लवका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको अधिवेशनले उपाध्यक्षमा सन्जोग तिमल्सिना, सचिव रचन परियार, कोषाध्यक्ष साजन गुरुङलाई चयन गरेकाे क्लबले जनाएकाे छ ।



त्यस्तै सदस्यहरुमा सुमन थापा मगर, करमान गुरुङ, बिशाल थापा मगर, सन्जु श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा क्लवका सचिव सुजन बस्नेतले संस्थागत प्रगती प्रतिवेदन र कोषाध्यक्ष गौरब भट्टले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेशनमा क्लवका सल्लाहकार नारायण श्रेष्ठ, दिपक थापा, प्रकाशकुमार बस्नेत, लक्ष्मण श्रेष्ठ, सुरेन्द्र बस्नेत, सुदिप थापा, राजकुमार थापा र सोम श्रेष्ठ लगायतले बाेलेका थिए ।
सतिपिपल क्लव गोरखाको यस वर्षको एन्फा लिग बिजेता क्लव पनि हो । पोखरामा आयाेजना हुने मूख्यमन्त्री कपमा साे क्लव सहभागी हुने बताइएकाे छ ।

