• शुक्रबार, साउन १५ २०८३

गण्डकी प्रदेश : समाजवादको आधार बनाउन चुक्यो सरकार


शुक्रबार, असार ३ २०७९
665
Shares

नेकपा माओवादी केन्द्रका नेताहरुले ‘समाजवादको आधार तयार पार्ने’ उद्देश्य बारम्बार बताउने गरे पनि बुधबार माओवादीकै तर्फबाट गण्डकी प्रदेशको अर्थ मन्त्रालय सम्हालेका रामजीप्रसाद बरालले सार्वजनिक गरेको बजेटमा त्यसको कुनै छनक देखिएको छैन ।

उद्योगी–व्यवसायीले बजेट परम्परावादी रहेको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले प्रदेश सरकारको बजेटले कम्तीमा पनि गोरखाको मजुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगलाई सम्बोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

‘सरकारले बेचेको नवलपुरको गैंडाकोटस्थित भृकुटी कागज कारखाना त प्रदेशमात्रै होइन, संघ सरकारको काबुभन्दा बाहिर गइसक्यो,’ उनले भने, ‘गोरखकाली रबर उद्योगलाई प्रदेश सरकारको बजेटले सम्बोधन नगरेकोप्रति दुःख लागेको छ ।’

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले समेत बजेटप्रति घुमाउरो पाराले असन्तुष्टि प्रकट गरिन् ।तिपक्ष नेकपा एमालेले भने बजेट छरपष्ट भएको र कार्यान्वयनमा आशंका रहेको बताइसकेको छ ।

माओवादी नेताहरुले भन्दै आएको ‘समाजवादको आधार तयार गर्न’ गण्डकी प्रदेश सरकारका सामु भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योगलाई पुनर्जीवन दिने अवसर थियो जसले प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्ने तथा प्रदेश सरकारलाई अर्थतन्त्रमा टेवा पुग्ने आधार निर्माण हुन सक्थ्यो ।

तर यी दुवैलाई बजेटले सम्बोधन गरेन । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली गोरखकाली रबर उद्योग सञ्चालनका उपाय खोज्न केही समय अघि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं गएका थिए । यद्यपि सार्थक नतिजा भने निस्कन सकेको छैन ।

अर्थमन्त्री रामजीप्रसाद बरालले भने बिहीबार पत्रकार सम्मेलनमा बजेट राम्रो भएको दाबी गरेका छन् । उनले अन्तरसरकारी समन्वय र पारस्परिक सहयोगलाई प्रभावकारी बनाइ संघीयताको सुदृढ कार्यान्वयन तथा उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी प्रदेश समृद्धिका आधार तयार गर्ने उद्देश्यसहित बजेट ल्याइएको दाबी गरे । राताेपाटिबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार