• आइतबार, भाद्र २८ २०८३

एमालेले संसदमा माग्यो अर्थमन्त्रीको राजीनामा


बिहिबार, असार २ २०७९
640
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ।

आज संसद बैठकमा एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले अर्थमन्त्रीलाई स्वीकार गरेर एमाले अघि बढ्न नसक्ने पनि बताए।

अनधिकृत मानिस ल्याएर बजेटमा करका दर परिवर्तन गरिएकोले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको माग छ।

यस विषयमा संसदीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बजेटबारे उठेका प्रश्नको जवाफ दिन समय दिएका छन्। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार