• शुक्रबार, साउन १५ २०८३

चुमनुब्रीका अध्यक्ष लामाले शिक्षामन्त्रीसंग मागे शिक्षक दरबन्दी


बिहिबार, असार २ २०७९
1.3K
Shares

गोरखा। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिललाई भेटेर शिक्षक दरबन्दी माग गरेका छन्।

गाउँपालिकाभित्र पर्ने सिर्दिवासस्थित बुद्ध माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको छ। बुद्ध मावि फिलिमका लागि मावि तहको स्थायी शिक्षक दरबन्दी व्यवस्था गरिदिन शिक्षा मन्त्री समक्ष माग गरेको अध्यक्ष लामाले बताए।

यस्तै गाउँपालिका भित्रका विद्यालयहरूमा हिमाली आवासीय छात्रवृत्तिको कोटा दुई सय थप गरिदिन पनि अध्यक्ष लामाले माग गरेका छन्। शिक्षा मन्त्री पौडेलले नीतिगत र प्रक्रियागत रूपमा अघि बढ्ने र मागहरूको सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार