• शुक्रबार, साउन १५ २०८३

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट (पूर्णपाठसहित)


बिहिबार, असार २ २०७९
615
Shares

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् । अर्थमन्त्री बरालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार रुपैयाँ र पुँजीगततर्फ २३२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ छ्ट्याइएको छ ।

साथै, वित्तीय व्यवस्थापनतर्फ ५० करोड बजेट छ्ट्याइएको छ । यस्तै, स्थानीय वित्तीय हस्तान्तरणबाट १० लाख रुपैयाँ र सञ्चिति कोषबाट १ करोड ८८ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी स्रोततर्फ सरकारबाट प्राप्त हुने वित्तीय सामरिकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, ससर्त अनुदानबाट ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँबाट जुटाइने छ । समपुरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ, विशेष अनुदानबाट ८६ करोड रुपैयाँ जुटाइने छ ।

पूर्णपाठ

https://drive.google.com/file/d/1_b0eIKtGdRqDkOPTxlfU3qp7wkTKuIVx/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार