• शुक्रबार, साउन १५ २०८३

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने


मंगलबार, जेष्ठ ३१ २०७९
690
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आउँदो असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आउँदो असार २ गते बस्ने भएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार