• शुक्रबार, साउन १५ २०८३

मूल्यवृद्धिको विरोधमा नेकपा (बहुमत) द्धारा विरोध प्रदर्शन


मंगलबार, जेष्ठ ३१ २०७९
1.8K
Shares

विभिन्न वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिको विरुद्धमा नेकपा बहुमतले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले बढ्दो महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले जनतालाई समस्या पर्ने गरी मूल्यवृद्धि गर्दा पनि राज्यमा बस्नेहरू मौन रहेको आरोप लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार