
गोरखा । गोरखाको जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रको प्यानल निर्विरोध निर्वाचित भएका छन। जिल्ला समन्वय समिति गोरखाको प्रमुखमा माओवादीका मोहनबहादुर थापा निर्वाचित भएका हुन् ।

प्रमुख, उपप्रमुख र सदस्य गरी ९ स्थानमा विजयी माओवादीले मात्र जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता गराएका थियो । जिल्ला समन्वय समिति गोरखाको प्रमुखमा गोरखा नगरपालिका–९ का थापा निर्वाचित भएका हुन् भने उपप्रमुखमा शहीद लखन गाउँपालिका–९ की लिला परियार निर्वाचित भएकी छिन् ।
त्यस्तै सदस्यहरुमा मोहन ढकाल, शिव रेग्मी, मोहम्मद हकिम, गंगा वयलकोटी, मिरा उपरकोटी, प्रविना घले र इन्दिरा देवकोटा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यलयले जनाएको छ ।
सदस्यमा पनि माओवादीको मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका हुन् । एकल बहुमत भएपछि समन्वय समितिमा माओवादीको मात्र उम्मेदवारी परेको हो । नवनिर्वाचित अध्यक्षसहितको समितिले सोमबार पदभार ग्रहण पनि गरेका छन् ।


