
गोरखा । अन्नपूर्णबचत तथा ऋण सहकारी संस्थाको १९ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सनिबासम्पन्न साधारण सभा तथा अधिवेशनमा भाइचन्द्र श्रेष्ठलाई अध्यक्षमा चयन गरेका हुन् ।
समितिको उपाध्यक्षमा सरुना पोखरेल, सचिवमा सुमेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानु अधिकारी अर्याल, सहसचिवमा लक्ष्मण आचार्य चयन भएका छन् । सदस्यहरुमा विष्णु खनाल, दिपक श्रेष्ठ, चन्द्रिका गुरुङ तामाङ, कल्पना दवाडी, सूर्यमाया श्रेष्ठ, विन्दा रोकाया नेपाली चयन भएका छन् ।
लेखा समितिको संयोजकमा विनोदबाबु अर्याल र समितिको सदस्यहरुमा सुनील न्यौपाने चयन भएका हुन भने् ऋण उपसमितिको संयोजकमा बुद्ध शाही, शिक्षा उपसमितिको संयोजकमा लालप्रसाद श्रेष्ठ र सदस्यमा पुष्पराज भट्टराई चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले देशको आर्थिक मन्दी भइरहेको अवस्थामा संस्थाको जिम्मेवारी निभाउनु चुनौतीपूर्ण रहेपनि नयाँ कार्यसमितिले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाए ।


