• शुक्रबार, साउन १५ २०८३

प्रधानमन्त्री देउवाले दिए मिटरब्याजीलाई कारबाही गर्न निर्देशन


शुक्रबार, जेष्ठ २७ २०७९
595
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन् ।

सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् ।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसदमा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार