• शुक्रबार, साउन १५ २०८३

सांसद गुरुङले गरिन् नीति तथा कार्यक्रमको प्रशंसा, छुटेका कुरा बजेटमा समेट्न आग्रह


बिहिबार, जेष्ठ २६ २०७९
725
Shares

गोरखा । गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले नीति तथा कार्यक्रमको प्रशंसा गरेकी छिन् । बिहिबार गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रमका बिषयमा बोल्दै उनले जनताको भावना र माग बुझेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेकी हुन् ।

‘गण्डकीका जनताले सरकार छ भन्ने आभाष हुने गरी बजेट आएको छ’ साँसद गुरुङले भनिन ‘कार्यक्रमले सबैको भावनालाई कदर गरेको छ, त्यसका लागि प्रदेश सरकारलाई धन्यवाद ।’

केहि दिन सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमले गाउँका कृषकदेखि शहरका ब्यवसायी सबैलाई समटेको समेत उनले बताइन् । सडक मानवमुक्त प्रदेश निर्माणमा जुटेको सरकारलाई शुभकामना दिदै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको विकासमा आएको योजनाले सबैलाई उत्साहित बनाएको तर्क गरिन् ।

कार्यक्रममा समेटिएकाे गोरखा र लमजुङमा डाईलाेसिस उपचार सुरु गराउने बिषयले बजेटमा समेत प्राथमिकता पाउनुपर्नेमा उनले जाेड दिइन् ।

एक वार्ड एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र बनाउने अभियानदेखि गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास र विस्तार गर्न र हरेक पालिकाकाे केन्द्रसम्म पुग्न कालोपत्रे सडक निर्माण कार्यक्रम यसै बर्षभित्र पूरा गर्न माग गर्दै गुरुङले सरकारकाे हरेक अभियानलाई सहयोग गर्न सबै पार्टी र नागरिकलाई आग्रह समेत गरेकी छिन् ।

त्यस्तै सँसदमा बोल्दै उनले नीति तथा कार्यक्रममा छुट भएका बिषयलाई बजेटमा समेट्न समेत जोड दिएकी छिन् । महिला तथा पछाडी परेका नागरिकको उत्थानका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गर्दै उनले महिला र युवालाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम नआएको भन्दै दुखेसो समेत गरिन् ।

‘नीति कार्यक्रममा अझै धेरै विषय र क्षेत्र छुटेका छन्, यसलाई बजेटले पूरा गर्नुपर्छ’ गुरुङले भनिन ‘कृषि क्षेत्रकाे ब्यवसायीकण र आधुनिकिकरण गर्दै अव शुन्य ब्याजदरमा किसानलाई ऋृण दिन जरुरी छ ।’

नीति कार्यक्रममा समेटिएका कार्यक्रम जसरी पनि पूरा गर्नै पर्ने भन्दै उनले पूरा हुन नसक्ने याेजनाहरु बजेटमा समेट्न नहुने तर्क गरिन् । याेजना बनाउने तर पूरा नगर्ने प्रवृत्ती बढेकाे भन्दै साँसद गुरुङले जनताकाे आशा र भराेसालाई टुट्न दिन नहुने बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार