• शुक्रबार, साउन १५ २०८३

बाबुराम भट्टराईकी छाेरी मानुषीले काठमाडौंबाट चुनाव लड्ने


बिहिबार, जेष्ठ २६ २०७९
1.5K
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको उनले बताइन् ।

‘पार्टीभित्र पनि युवा अगाडि आउनुपर्‍यो, व्यवस्थापिकामा उपस्थिति जनाउनु पर्‍यो, अलि तयारी गर्नु पर्‍यो भन्ने सुझाव आयो’ उनले भनिन्, ‘म तयारै छु भन्ने खालको कुरा मैले राखेँ ।’

आफ्नो उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेकाले कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने नटुंगिएको उनको भनाइ छ ।

‘प्रारम्भिक छलफल भर्खर सुरु भएको छ । साथीहरुले निर्वाचन क्षेत्र नम्बर ५ अथवा ७ भन्नुभएको छ । छलफल गरेर टुंग्याउने कुरा भएको छ’ भट्टराईले भनिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार