• शुक्रबार, साउन १५ २०८३

जिल्ला समन्वय गाेरखामा माओवादीकाे एकल उम्मेदवारी, प्रमुखमा माेहन थापा


बिहिबार, जेष्ठ २६ २०७९
1.8K
Shares

गोरखा । जिल्ला समन्वय समिति गाेरखा निर्माणका लागि नेकपा (माओवादी केन्द्र)काे एकल उम्मेदवारी परेकाे छ । हिजाे बुधबार भएकाे मनाेनयन दर्ताका क्रममा प्रमुख, उपप्रमुखसहित नाै वटै पदमा माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।

जसअनुसार प्रमुखमा गाेरखा नगरपालिकाका माेहन बहादुर थापा मगरकाे उम्मेदवारी परेकाे छ भने उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लीला परियारकाे उम्मेदवारी परेकाे छ ।

सदस्यमा गण्डकी गाउँपालिका शिवप्रसाद रेग्मी, वारपाक सुलिकोट गाउँपालिकाका मोहन ढकाल, भीमसेनथापा गाउँपालिकाका मोहम्मद हकिमदिन मियाँ, पालुङटार नगरपालिकाका गंगा बहादुर वयालकोटी, धार्चे गाउँपालिकाकी प्रमिना घले, सिरानचाेक गाउँपालिकाकी मीरा उपरकोटी र अजिरकोट गाउँपालिकाकी ईन्दिरा देबकोटाकाे उम्मेदवारी परेकाे हाे ।

११ स्थानीय तह रहेकाे गाेरखामा आरूघाट र उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाबाहेक अन्य स्थानीय तहका सदस्यकाे उम्मेदवारी परेकाे हाे । जिससमा प्रमुख, उपप्रमुखसहित नाै जना रहने छन्। समितिमा तीन सदस्य महिला अनिवार्य हुनेपर्नेछ ।

सबै पदमा माओवादीकाे एकल उम्मेदवारी परेपछि जिल्ला समन्वय समिती निर्विराेध हुने निश्चित भएकाे छ । जुन जेठ २९ गते मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले घाेषणा गर्ने बताइएकाे छ भने ३० गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेकाे मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार