• शुक्रबार, साउन १५ २०८३

गण्डकीमा फेरी बल्झियाे केन्द्र विवाद, माओवादीकाे प्रस्तावमा काँग्रेस-एमालेकाे असहमती


बुधबार, जेष्ठ २५ २०७९
665
Shares

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र बिवाद फेरी बल्झिएको छ । पाँच वर्षदेखिको केन्द्र बिवादको किचलो स्थानीय तहको दोस्रो निर्वाचन पछि थप उत्कर्षमा पुगेको हो ।

साविकको कार्यालय सञ्चालन भइरहेको आसपास भुम्लिचोक वडा नम्बर ६ मा केन्द्र रहने निर्णय पहिलो स्थानीय सरकारले गरेको थियो ।

सोमवार बसेको दशौँ गाउँ सभामा फेरि केन्द्र बिवाद बल्झिएको छ । माओवादीबाट निर्वाचित जनप्रतिनिधिले वडा नम्बर ६ को आग्रीडाँडामा केन्द्र लैजाने प्रस्ताब गरेका छन् ।

गण्डकी गाउँपालिकाको मंगलबारको गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

गाउँपालिकाको केन्द्र वडा नम्वर ६ आइडाडामा राख्ने प्रस्ताव पेश गर्ने तयारी भएको जानकारी पाएपछि वैठक बहिष्कार गरेका थिए ।

भूम्लिचोकको ओखलडाडामा निर्माण हुने गरी अघिल्लो कार्यकालका जनप्रतिनिधिले गाउँपालिकाको प्रशासकीय भवनको ठेक्काको सूचना जारी गरेका थिए । नवनिर्वाचित अध्यक्ष दिपक तिमल्सिनाले आफ्नो पहिलो निर्णयबाटै त्यसलाई रद्ध गरिदिए ।

गाउँपालिकाको कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ । ४४ जनाको गाउँसभामा माओवादी केन्द्रका २९, कांग्रेसका १३ र एमालेका दुई सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार