• शुक्रबार, साउन १५ २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


मंगलबार, जेष्ठ २४ २०७९
730
Shares

मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेको छ। हालः परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुनेगरी खारेज गर्ने निर्णय गरेको हो।

बैठकले प्रहरी नायब महानिरीक्षकहरू उत्तमराज सुवेदी, अरुण कुमार बिसी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले लम्बिनी साँस्कतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी तथा गरिबी निवारण जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक यातायात मन्त्रालय संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटीलाई मनोनयन गरेको छ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई हटाएको छ।

औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ। मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ लाई स्वीकृत प्रदान गरेको छ।

राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गरेको छ।

लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको नेपाल वन सेवा तथा नेपाल शिक्षा सेवाका चार जनालाई राजपत्राकिंत प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार