• शुक्रबार, साउन १५ २०८३

यातायात मन्त्रीलाई गगनको सुझाव : इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्


मंगलबार, जेष्ठ २४ २०७९
690
Shares

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे ।

‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’

असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका उनले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार