• शुक्रबार, साउन १५ २०८३

आज नीति तथा कार्यक्रम ल्याउँदै गण्डकी प्रदेश


मंगलबार, जेष्ठ २४ २०७९
660
Shares

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम (आज) मंगलबार प्रस्तुत गर्दै छ ।

दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो ।

प्रदेश सरकारले पाँचौंपल्ट नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारूढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलोपल्ट सदनमा नीति तथा कार्यक्रम पेस गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नजिकिँदै गरेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गरिएको सत्तारूढ दलकै सांसदले बताएका छन् । यता, प्रदेश सरकारले भने, कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको जनाएको छ । निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।

प्रतिपक्ष दलका सांसदले सरकारका पुरानै कार्यक्रमलाई जोड दिनुपर्ने सुझाव दिएका छन् ।बहुवर्षीय योजना जस्ता सरकारका महत्त्वपूर्ण मानिएका कार्यक्रमलाई निरन्तरता दिन उनीहरूको दबाब छ ।

नीति तथा कार्यक्रमको तयारी भए पनि मुख्यमन्त्री र मन्त्रीहरू सोमबार बेलुकासम्म बैठक बसेर थपघट गर्न सक्ने मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए । उनका अनुसार मंगलबार बिहान मन्त्रिपरिषद्को बैठक बसेर मात्र अन्तिम निर्णय गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार