प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस गर्ने तयारी गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ ।
सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विधेयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विधेयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।


