• सोमबार, भाद्र २९ २०८३

माओवादीले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने


आइतबार, जेष्ठ २२ २०७९
700
Shares

नेकपा माओवादी केन्द्रले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने भएको छ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले वार्षिक एक सय रूपैयाँ उठाउने निर्णय गरेको हो।

पार्टी सञ्चालनका लागि माओवादीले उक्त रकम खर्च गर्नेछ।

माओवादीले नेता तथा कार्यकर्ता गरी पार्टीमा आठ लाख हाराहारीमा सदस्य रहेको बताउने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार