
गोरखा। यही जेठ ३० गते जिल्ला समन्वय समिति गोरखाको निर्वाचन हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २२ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनय पत्र दर्ता हुनेछ भने ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा गोरखाको ११ वटा पालिकाका प्रमुख÷उपप्रमुख गरी २२ जना सदस्य मतदाता हुनेछन् । जिसस प्रमुख, उपप्रमुख सहित ९ सदस्यिय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरु बन्न पाउने ब्यवस्था छ ।


