• शुक्रबार, साउन १५ २०८३

चटगाउँको कन्टेनर डिपोमा आगलागी: ३३ जनाको मृ्त्‍यु, ४५० घाइते


आइतबार, जेष्ठ २२ २०७९
680
Shares

Fuoco 4

एजेन्सी : बंगलादेशको चट्गाउँको एउटा कन्टेनर डिपोमा शनिबार आगलागी हुँदा ३३ जनाको मृत्यु भएको छ। आगलागीमा परी ३३ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् । 

बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा शनिबार राति करिब १०: १५ बजे कन्टेनर डिपोमा आगलगाी भएको थियो।

चटगाउँ मेडिकल कलेज अस्पताल (सीएमसीएच) प्रहरी चौकीका सहायक उपनिरीक्षक (एएसआई) अलाउद्दीन तालुकदारले आइतबार बिहान १०:१५ बजेसम्म यस घटनामा ३३ जनाको ज्यान गएको बताएका छन्।  रेड क्रिसेन्ट युथ चटगाउँका स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामले भने, ‘घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये मृतकको संख्या बढ्न सक्छ।’

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले उद्धारको काम जारी रहेको जानकारी दिएका छन्  । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार