• शुक्रबार, साउन १५ २०८३

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


आइतबार, जेष्ठ २२ २०७९
540
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

निर्वाचनपछि लोसपाको पहिलो बैठक हिजोदेखि सुरु भएको हो । शनिबार अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीति, आउँदो चुनावको सन्दर्भलगायत एजेन्डा प्रस्तुत गरेका थिए ।

आजदेखि छलफल अघि बढ्ने झाले बताए । बैठकको सुरुवातमा बोल्दै अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा अपेक्षित सफलता प्राप्त नगर्नुमा आफूहरूको पनि कमजोरी भएको बताएका थिए ।

“हाम्रो कमीकमजोरी भयो, पार्टी विभाजन भयो । कोरोनाका कारण संगठन विस्तारलाई तीव्रता दिन सकिएन । जसको असर निर्वाचनमा पर्‍यो,” महन्थको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले शनिबार भने ।उनले निर्वाचन निष्पक्ष नभएको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार