• सोमबार, भाद्र २९ २०८३

महामन्त्री थापा भन्छन्- नेपाललाई पेट्रोल,डिजेल र एलपी ग्यासमुक्त बनाउनुपर्छ


शुक्रबार, जेष्ठ २० २०७९
570
Shares

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने बताएका छन्।

तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने बताए।

शुक्रबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यो बेलामा प्रदूषण, सडक मर्मत करमा केही न केही घटाएर राहत दिनुपर्ने बताएका हुन्।

‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी,’ थापाले भने, ‘अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो।’

थापाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारलाई दबाब दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार