uf]/vfsf] l;/fgrf]s ufpkflnsfsf] c:yfoL s]Gb| . xfn ufpkflnsfsf] sfof{no j8f gDj/ $ sf] 5f]k|fsaf6 ;+rflnt 5 . tl:j/ sflGtk'/

गोरखा। गोरखाको सिरानचोक गाउँपालिकाको कार्यापालिकाले पूर्णता पाएको छ ।
सिरानचोक गाउँपालिकामा विहिबार भएको निर्वाचनबाट निर्वाचित भएसँगै गाउँकार्यपालिका सदस्यले पुर्णता पाएको हो ।
गाउँकार्यपालिकाको सदस्यमा शान्ती कुमाल, नरमाया गुरुङ, रु माया गुरुङ, विमला सिर्मल, लक्ष्मी मिजार र दुर्गा बहादुर घले गुरुङ निर्वाचित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकरी दिए । उनीहरु सबै काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।


